नेकपा (एमाले) संसदीय दलकी उपनेता पदमा अर्यालले संसदीय सुनुवाई समितिले सिफारिस गरेका व्यक्तिविरुद्ध परेका पुराना तथा अदालतबाट फैसला भइसकेका विषयमा पुनः छलफल गरिरहन आवश्यक नरहेको बताएकी छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै अर्यालले समितिले अध्ययन र अनुसन्धान गरेरै सिफारिसको निर्णय गर्ने भएकाले एउटै विषयमा पटक–पटक अल्झिन नहुने बताएकी हुन् । उनले