जापान। दोलखा समाज जापानको आयोजनामा यस वर्ष पनि हरितालिका तिज विशेष कार्यक्रम–२०२६ आयोजना हुने भएको छ। जापानमा रहेका दोलखाली दिदीबहिनी तथा दाजुभाइहरूलाई लक्षित गर्दै आगामी सेप्टेम्बर ६, २०२६ आइतबार कार्यक्रम आयोजना गर्न लागिएको हो। दोलखा समाज जापानका अध्यक्ष संजीव पोखरेलका अनुसार कार्यक्रम कानागावाको योकोहामा स्थीत कोशेली रेस्टुरेन्टमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ।हरेक वर्षझैँ यस वर्ष पनि तिज पर्वलाई आपसी भेटघाट, मनोरञ्जन तथा सांस्कृतिक एकताको माध्यमका रूपमा मनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ। कार्यक्रममा विशेषगरी जापानमा बसोबास गर्दै आएका दोलखाली नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। दोलखा समाज जापानले जापानमा रहनुभएका सम्पूर्ण दोलखाली दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा उपस्थित भई तिज पर्वको उल्लास र सांस्कृतिक रौनकलाई साझा गर्न हार्दिक निमन्त्रणा समेत गरेको छ।