दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु

  • शुक्रबार​ ५ भौ २०८३ ०६:३९ AM
काठमाडौँ : सर्लाही हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका ३ बस्ने ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको हो। त्यस्तै, प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ सुक्नाह बस्ने ४५ वर्षीय चन्देश्वर दास पनि घाइते भएका छन्। घाइतेको जनकपुरस्थित गोल्डेन अस्पताल धनुषामा उपचार भइरहेको छ । ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका–३ बस्ने २६ वर्षीय अदुत शेखलाई नियन्त्रणमा लिइएको ... The post दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु appeared first on Kalika Khabar.