काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले आफ्नो दल संघीयताप्रति प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले संघीयताप्रतिको प्रतिबद्धतामा आशंका नगर्न आग्रह गरे । रास्वपाका पूर्वमहामन्त्रीसमेत रहेका बुर्लाकोटीले वर्तमान संविधान, लोकतन्त्र र संघीयतालाई पूर्ण पालना गरेर जाने नीति आफूहरुको रहेको स्पष्ट गरे । ‘संविधान, लोकतन्त्र र संघीयताप्रति हामी