काठमाडौं । रोयल इन्फिल्डले गोरखा समुदायको साहस र वीरताबाट प्रेरित क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो मोटरसाइकल नेपालको गोरखा इतिहास र पहिचानलाई ध्यानमा राखेर तयार गरिएको हो । मोटरसाइकलमा विशेष गोरखा ग्रीन रङ र गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको चिन्ह राखिएको छ । क्लासिक ३५० को पुरानै डिजाइनलाई