काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी हिउँदमा पर्न सक्ने शक्तिशाली ‘सुपर एल निनो’ र त्यसबाट निम्तिन सक्ने खडेरीप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयले ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल, ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थपिन सक्ने बताएका हुन् ।