काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक विमति र विवादलाई सडक वा अदालतमा नलैजान आग्रह गर्दै सबै पक्षलाई संवादका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा आउन सार्वजनिक अपिल गरेका छन् । पछिल्लो समय पार्टीभित्र बढ्दै गएको गुटबन्दी, समानान्तर गतिविधि र न्यायालयसम्म पुगेका मुद्दामामिलाप्रति लक्षित गर्दै महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत् राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाटै सम्भव हुने बताएका हुन् । पौडेलले भनेका छन्, ‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन । नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनुहुँदैन ।’ उनले असन्तुष्ट नेता तथा ... The post पार्टीको विवाद अदालत होइन, संवादबाट मिलाऔँ : प्रदीप पौडेल appeared first on Kalika Khabar.