बालिका बलात्कारपछि हत्या प्रकरण : सिमराका डीएसपी र इन्सपेक्टरको जिम्मेवारी खोसियो, शव उठ्न सकेन

  • शुक्रबार​ ५ भौ २०८३ ०५:२३ AM
काठमाडौं । तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्री र प्रहरी निरीक्षक प्रकाश थापालाई जिम्मेवारीबाट हटाउँदै प्रहरी प्रधान कार्यालय तानेको छ । बालिकाकी आमाले छोरी नभेटिएपछि तत्कालै प्रहरीमा जानकारी गराएको भएपनि खोजी कार्यका लागि समयमै चासो नदिएको भन्दै उनीहरूलाई प्रधान