अचानकको हडतालपछि इजरायलको अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

  • शुक्रबार​ ५ भौ २०८३ ०४:२३ AM
एजेन्सी । इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टादेखि अवरुद्ध भएको हवाई सेवा बिहीवार दिउँसोबाट पुनः सञ्चालनमा आएको छ । कर्मचारीहरूको अचानकको हडतालका कारण बन्द भएको विमानस्थल सेवा व्यवस्थापन पक्ष र कर्मचारी युनियनबीचको वार्तापछि सुचारु भएको इजरायल विमानस्थल प्राधिकरणले जनाएको छ । प्राधिकरणद्वारा जारी विज्ञप्तिअनुसार कर्मचारीहरूले उठाएका जनशक्ति वृद्धि र सञ्चालन सम्बन्धी मागहरूलाई सम्बोधन गर्ने