काठमाण्डु –नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक विमति र विवादलाई सडक वा अदालतमा नलैजान आग्रह गरेका छन् । महामन्त्री पौडेलले सबै पक्षलाई संवादका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा आउन सार्वजनिक अपिल गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् अपिल जारी गर्दै महामन्त्री पौडेलले पार्टीका विवादहरू लिएर अदालत जाने वा सडकमा पोखिने कार्यले लोकतन्त्र र पार्टी