काठमाण्डु– शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा आज सुन ३ हजार ३ सय रुपैयाँले बढेको हो । हिजो पनि सुन ९ हजार ३०० रुपैयाँले बढेको थियो । हिजो ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको सुन आज ३ लाख १६ हजार ७ सय रुपैयाँमा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।