कर्णाली । कर्णाली प्रदेशसभा सदस्यले प्राकृतिक विपद्बाट भएको क्षति, प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनालगायतका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । कर्णाली प्रदेशसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले हुम्लाको नेप्का, कालिकोटको दाहाँ र जाजरकोटको रिसाङमा प्राकृतिक विपद्बाट ठूलो क्षति भएको बताए । उनले विपद् प्रभावितलाई तत्काल राहत