कलाकारिताको साख र उद्यमीको हुटहुटी : चाबहिलको गल्लीमा गायक टङ्क तिमिल्सिनाको ‘चिया अफिस’

  • शुक्रबार​ ५ भौ २०८३ ०८:४० AM
काठमाडौँ । सुदूरपश्चिमको माटोबाट आएर नेपाली सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो, टङ्क तिमिल्सिना । ‘मेरी चम्पा’, ‘मन माया’, ‘चमक्क चमक्क लाली जोवन’, ‘साई बाज हाई बाज’ जस्ता दर्जनौँ चर्चित लोक पप र देउडा गीतका माध्यमबाट लाखौँ दर्शक र श्रोताको मन जितेका यी सुरिला गायक अहिले एउटा नयाँ भूमिकामा देखिएका छन् । उनी अचेल हातमा माइक मात्र होइन, चियाको केतली र कपसँग पनि उत्तिकै अभ्यस्त देखिन्छन् । काठमाडौँको व्यस्त व्यापारिक केन्द्र चाबहिलमा उनले सुरु गरेको ‘चिया अफिस’ अहिले युवापुस्ताको लागि एउटा नयाँ ‘हब’ बनेको छ । सधैँभरि सङ्गीतमा बाँचिरहनका लागि एउटा बलियो आधार व्यवसाय धेरैलाई लाग्न सक्छ, एउटा स्थापित गायक किन चिया व्यवसायमा होमियो