जाजरकोटमा सेनाले बोकेर पुर्‍यायो पहिरोपीडितका लागि राहत सामग्री

  • शुक्रबार​ ५ भौ २०८३ ०२:३५ AM
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढी तथा पहिरोबाट विस्थापित भएका स्थानीयका लागि नेपाली सेनाले बोकेर राहत सामग्री पुर्याएको छ । पहिरोले यातायात सञ्चालन हुने सडक नै बगाएपछि सदरमुकामबाट सवारीसाधनमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन समस्या भएको थियो । सडक अवरुद्ध भएपछि नेपाली सेनाको भवानी दल गणले राहत सामग्री बोकेर रिसाङ तथा आसपासका प्रभावित बस्तीमा पुर्याएको हो