काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बस्दैछ । बिहान ११ बजे बस्ने बैठकको कार्यसूचीमा पार्टी दस्तावेज, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण, सांगठनिक व्यवस्थापन तथा मनोनयन, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयनलगायत रहेका छन्