भृकुटीमण्डपमा विद्युत्, इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेसको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

  • बिहीबार ४ भौ २०८३ ०३:५७ PM
काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले जनाएको छ। नेपालको विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार यसले उद्योग, व्यापार र प्रविधिबीच सहकार्य बढाउँदै ... The post भृकुटीमण्डपमा विद्युत्, इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेसको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै appeared first on Kalika Khabar.