काठमाण्डु – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वाेच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र सुनिलकुमार पोखरेलको इजलासले बिहीबार श्रेष्ठ विरुद्धको आंशिक रिट जारी गर्दै नियुक्ति बदर गरेको हो । रिट जारी भएसँगै नेपाल वायुसेवा निगमका ८० वर्ष नाघेका कार्यकारी अध्यक्ष श्रेष्ठ पदमुक्त भएका छन् । नेपाल वायुसेवा