काठमाडौं । नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् । आइसिसीको पछिल्लो वरियताअनुसार उनी २५६ रेटिङ अङ्कका साथ वरियताको तेस्रो स्थानमा उक्लिएका हुन् । जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउन्डर साइम अयुब दोस्रो स्थानमा रहेका छन् । उनीहरूको रेटिङ