एनआईएमबी धितो बिक्री प्रकरणमा मुद्दा दायरप्रति सिबिफिन असन्तुष्ट

  • बिहीबार ४ भौ २०८३ ०३:०१ PM
काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को धितो बिक्री प्रक्रियासँग जोडिएको विषयमा बैंकका उच्च तहका अधिकारीमाथि अनुसन्धान अघि बढाई मुद्दा दायर गरिएकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले असन्तुष्टि जनाएको छ। बिहीबार जारी विज्ञप्तिमा सिबिफिनले बैंकिङ कानुन र प्रचलित प्रक्रियाअनुसार गरिएको व्यावसायिक निर्णयलाई आपराधिक गतिविधिसँग जोडेर हेर्न नहुने धारणा राखेको छ। बैंकको नियमित कर्जा असुली तथा धितो व्यवस्थापन प्रक्रियालाई अनुसन्धानको दायरामा ल्याउँदा बैंकिङ क्षेत्रको निर्णय क्षमता र संस्थागत कामकारबाही प्रभावित हुन सक्ने परिसंघको भनाइ छ। सिबिफिनका अनुसार बैंकले सम्पत्तिमा वैध रूपमा सिर्जना गरेको ‘प्रथम अधिकार’ पछि जारी भएका अन्य क्षेत्रगत नियमावलीले समाप्त ... The post एनआईएमबी धितो बिक्री प्रकरणमा मुद्दा दायरप्रति सिबिफिन असन्तुष्ट appeared first on Kalika Khabar.