मङ्गोलियामा विद्यालयमा सामाजिक सञ्जाल प्रयोगमा रोक

  • बिहीबार ४ भौ २०८३ ०३:०८ PM
एजेन्सी । मङ्गोलियाले विद्यार्थीको अनलाइन सुरक्षा र स्क्रिनमा निर्भरता घटाउने उद्देश्यले आगामी शैक्षिक वर्षदेखि देशभरका विद्यालयमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । शिक्षा तथा विज्ञानमन्त्री लुभ्सान्तेरेन एन्ख–अमगालनले बुधबार यस्तो निर्णय भएको बताएका हुन् ।