सङ्खुवासभाको घोर्ले झरना पर्यटकीय गन्तव्य बन्दै

  • बिहीबार ४ भौ २०८३ ०२:२५ PM
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिका-१ स्थित घोर्ले झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र सहज पहुँचका कारण दैनिक सयौँ पर्यटक झरना अवलोकन गर्न यहाँ आउन थालेका हुन् । विश्वकै होचो उपत्यका मानिने अरुण उपत्यका हुँदै, काँडेभ्याकुर पाइने क्षेत्र, विश्वकै पाँचौँ अग्लो मकालु हिमालको