‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’

  • बिहीबार ४ भौ २०८३ ०२:४७ PM
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन मधेस प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । भारतको स्वतन्त्रता दिवसका अवसरमा सामाजिक विकास तथा अनुसन्धान केन्द्रद्वारा जनकपुरधाममा आज आयोजित ‘नेपाल–भारत सम्बन्धको वर्तमान अवस्था’ विषयक विचार गोष्ठीमा मुख्यमन्त्री यादवले दुई देशबीचको सम्बन्ध केवल सरकार स्तरमा