महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको गौरीगंगा नगरपालिका–४ बाट दुई लाख रुपैयाँघुससहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ । विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा वृद्धि गरिएबापत रकम मागेको अवस्थामा अख्तियारको टोलीले रकमसहित गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई नियन्त्रणमा लिएको अख्तियार कार्यालय कञ्चनपुरका प्रवक्ता चेतराज भट्टले