नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नेपाल प्रहरीमा सेवा प्रवेश गरेको भ्रष्टाचार मुद्दामा प्रहरीका प्राविधिक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लालबाबु गिरी दोषी ठहर भएका छन्। विशेष अदालतले बिहीबार गिरीलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो। न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो। गिरीले भारतको