काठमाडौं। रोयल इनफिल्डले आफ्नो लोकप्रिय मोटरसाइकल क्लासिक ३५० को विशेष संस्करण ‘गोर्खा एडिसन’ नेपालमा सार्वजनिक गरेको छ । गोर्खा रेजिमेन्टको साहस, वीरता, अनुशासन र गौरवलाई समर्पित गर्दै तयार पारिएको यो विशेष संस्करणलाई कम्पनीले विशिष्ट सैन्य शैली र क्लासिक डिजाइनको संयोजनका रूपमा प्रस्तुत गरेको हो। गोर्खा एडिसनमा म्याट मिलिटरी ग्रिन कलर, साइड प्यानलमा ‘Gorkha Edition’ ब्याज