बागमती प्रदेशमा मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट नियुक्त ६ मन्त्रीलाई जिम्मेवारी दिएका छन्। नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। एमालेबाट भरत केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्री बनाइएको छ। मन्त्रालय बाँडफाँटसम्बन्धी सहमति पूरा