अख्तियारले पद होइन, अपराध हेरेर कारबाही गर्नुपर्छः उपनेता अर्याल

  • बिहीबार ४ भौ २०८३ १२:२३ PM
काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं सचिव पद्या अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक प्रभाव र डरबाट मुक्त राख्दै स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् । बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहकी अर्यालले अख्तियारजस्तो विशिष्ट संवैधानिक निकायलाई कार्यकारीको मातहत राख्न खोज्नु गलत भएको