काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीतिगत निर्णयको स्पष्ट कानुनी परिभाषा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप निष्पक्ष, स्वतन्त्र र शक्तिशाली बनाउनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै केसीले राजनीतिक हस्तक्षेप र स्पष्ट कानुनी व्यवस्थाको अभावमा भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् । अख्तियारका पदाधिकारीको नियुक्तिदेखि