पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

  • बिहीबार ४ भौ २०८३ १२:४० PM
काठमाडौं । नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ । नेपालस्थित जापानी राजदूतावासले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरेको हो । नेपालस्थित जापानी राजदूत माइदा तोरुले मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपाल पर्वतारोहण सङ्घले ‘मनास्लु प्लेटिनम जुब्ली’ सफलतापूर्वक सम्पन्न गरेको