काठमाडौं । नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहर व्यवस्थापनमा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहर व्यवस्थापनका लागि भइरहेका कामबारे काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँग छलफल गरेका छन् । मन्त्रालयमा आज भएको छलफलमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका डा तिमिल्सिनाले बञ्चरेडाँडा ल्याण्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्र गर्न