काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सुदृढ र राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संवैधानिक निकायहरूको निष्पक्षता र कार्यशैलीमाथि प्रश्न उठाउँदै व्यापक सुधारको आवश्यकता रहेको बताएका हुन् । सांसद सिंहले नेपालमा वडा तहदेखि केन्द्रसम्मै भ्रष्टाचार