काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड (पीसीआई डिएसएस) भर्सन ४.०.१ को प्रमाणीकरण प्राप्त गरेको छ । कार्डसम्बन्धी डाटा सुरक्षाका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि इसेवाले यो प्रमाणीकरण पाएको हो । कम्पनीका अनुसार यसले इसेवाबाट हुने डिजिटल कारोबारमा प्रयोगकर्ताको वित्तीय तथा व्यक्तिगत डाटाको सुरक्षा थप मजबुत बनाउनेछ ।