नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन्। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएपछि रावलले बुधबार नै पदबहाली गरेका छन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। रावल लामो समयदेखि राष्ट्र बैंकमा कार्यरत