राज्य व्यवस्था समितिद्वारा पुराना उपसमिति विघटन, दुई नयाँ उपसमिति गठन

  • बिहीबार ४ भौ २०८३ ११:३५ AM
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विद्यमान सबै उपसमितिहरूलाई विघटन गरी कार्यगत विशिष्टताका आधारमा दुईवटा नयाँ उपसमिति गठन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको बढ्दो चाप र उजुरीहरूको प्रभावकारी व्यवस्थापनका लागि नयाँ उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो । समितिका सभापति हरि ढकालले बैठकले पुराना उपसमितिहरूमध्ये