विद्यालय व्यवस्थापन समितिका सदस्य २ लाख घुससहित रङ्गेहात पक्राउ

  • बिहीबार ४ भौ २०८३ ११:३१ AM
काठमाण्डु – कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बमलाई बिहीबार धनगढी उपमहानगरपालिका–१ स्थित डेरी पसलबाट पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई २ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको छ