राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको आरोपमा थापालाई पार्टीको साधारण सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।