काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टीको निर्णय र निर्देशनविपरीत एमालेका किरण थापा मगरलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेपछि राप्रपाले थापामाथि कारबाही गरेको हो । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले थापालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता मोहन