काठमाण्डु– एमाले पूर्वासांसद् एवं जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्ससम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी दानबहादुर थापाले बताए । थापाका अनुसार पौडेलविरुद्ध डेढ लाख रुपैयाँको चेक बाउन्ससम्बन्धी उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पौडेललाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।