मकवानपुर – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को (२) अनुसार थापालाई मुख्यमन्त्री नियुक्त गरेका छन् । थापाले ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी गरेका थिए ।