काठमाडौँ। यल पञ्चदान पर्वका अवसरमा बिहीबार ललितपुरको पाटनमा बौद्ध धर्मावलम्बीहरूले दीपंकर बुद्ध, बसुन्धरा र करुणामयका मूर्ति सजाएर विधिपूर्वक पूजा तथा दान गरेका छन्। परम्पराअनुसार पञ्चदान पर्वमा श्रद्धालुहरूले पाँच प्रकारका अत्यावश्यक वस्तु दान गर्ने चलन छ। पञ्चदानका क्रममा मुख्यतः चामल, धान, नुन, दाल र दक्षिणा (नगद) दान गरिन्छ। पछिल्लो समय भने भक्तजनहरूले आफ्नो क्षमता र इच्छाअनुसार