प्रतिनिधिसभाको दुई तिहाइले मात्र संविधान संशोधन हुँदैन : रवि लामिछाने

  • बिहीबार ४ भौ २०८३ १०:०० AM
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान संशोधनको प्रक्रिया प्रतिनिधि सभामा दुई तिहाइ बहुमत जुट्दैमा मात्र पूरा नहुने बताएका छन्। प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले संविधान संशोधनका लागि संवैधानिक व्यवस्थाअनुसार आवश्यक सबै प्रक्रियालाई ध्यान दिनुपर्ने बताएका हुन्। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनका लागि दुई तिहाइ समर्थन जुटाउन आफूहरू तयार रहेको धारणा राखेपछि लामिछानेले प्रतिनिधिसभाको अंकगणित मात्रै संशोधनको पर्याप्त आधार नहुने स्पष्ट पारे। उनले संवेदनशील संवैधानिक तथा राजनीतिक विषयमा निष्कर्ष निकाल्दा सार्वजनिक रूपमा आएका आरोप, सञ्चारमाध्यमका सामग्री वा कुनै व्यक्तिले बयानमा नाम ... The post प्रतिनिधिसभाको दुई तिहाइले मात्र संविधान संशोधन हुँदैन : रवि लामिछाने appeared first on Kalika Khabar.