बजेट कार्यान्वयन र कानुनी सुधारमा सरकारको सक्रियता, चालु आर्थिक वर्षभित्र एक खर्ब राजश्व संकलन

  • बिहीबार ४ भौ २०८३ ०९:४० AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार बजेट कार्यान्वयन र आर्थिक क्षेत्रको संरचनागत सुधारमा उच्च प्राथमिकताका साथ लागि परेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले मुलुकको लगानीमैत्री वातावरण निर्माणका लागि विभिन्न ऐनहरू परिमार्जन र खारेजीको प्रक्रिया सुरु भइसकेको जानकारी दिए । अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा नियुक्त हुने पदाधिकारीहरूको योग्यताको