वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता

  • बिहीबार ४ भौ २०८३ १०:१२ AM
काठमाडौं । गत मङ्गलबार साँझ पर्नै लागेको थियो । निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएपछि चार बालिका घर फर्कँदै थिए । विद्यालय र घरबीच हेटौँडा उपमहानगरपालिका–१९ मा पर्ने वासुदेव खहरे खोला उनीहरूका लागि नौलो थिएन । तर, त्यस साँझ खोला अस्वाभाविक रूपमा उर्लिएको थियो । खोला तर्ने क्रममा आएको अचानकको भेलले चारै बालिकालाई फरक-फरक दिशातर्फ