विदेशी पर्यटकले नेपालमा मास्टरकार्डबाटै क्युआर भुक्तानी गर्न सक्ने

  • बिहीबार ४ भौ २०८३ ०९:२८ AM
काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि डिजिटल भुक्तानीलाई सहज र सुरक्षित बनाउने उद्देश्यले मास्टरकार्डले नेपालमा ‘पे लोकल’ सेवा सुरु गरेको छ । यसका लागि मास्टरकार्डले नेपालको डिजिटल वालेट तथा एकीकृत क्युआर भुक्तानी प्लेटफर्म ‘मोको’सँग सहकार्य गरेको हो । नयाँ सेवामार्फत विदेशी पर्यटकले आफ्नो मास्टरकार्ड ‘मोको ट्राभल एप’मा लिंक गरी नेपालभरका नेपालपे र फोनपे