काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा तरकारी तथा फलफूलमा गरिएको जीवनाशक विषादी परीक्षणको नतिजा सार्वजनिक गरेको छ। विभागका अनुसार साउन महिनामा परीक्षण गरिएका ५ हजार ४२२ वटा नमुनामध्ये कुनै पनि नमुना प्रतिकूल भेटिएको छैन। विभाग तथा मातहतका सात प्रदेशमा रहेका आठ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र १२ वटा खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट २०८३ साउन १ देखि ३१ गतेसम्म तरकारी तथा फलफूलमा विषादी परीक्षण गरिएको हो। परीक्षणका क्रममा द्रुत विषादी परीक्षण विधि (RBPR) र Gas Chromatography Mass Spectroscopy-Mass Spectroscopy (GCMS-MS) विधि ... The post तरकारी तथा फलफूलमा विषादी परीक्षण : ५ हजार ४२२ नमुना परीक्षण, सबै सुरक्षित appeared first on Kalika Khabar.