आलमगीर बङ्गलादेशको राष्ट्रपति बन्ने सम्भावना

  • बिहीबार ४ भौ २०८३ ०८:५७ AM
एजेन्सी । बङ्गलादेशको संसद्ले बिहीबार नयाँ राष्ट्रपति चयन गर्दैछ । सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव तथा स्थानीय सरकारमन्त्री मिर्जा फखरूल इस्लाम आलमगीर पाँच वर्षे कार्यकालका लागि देशको २३औँ राष्ट्रपति बन्ने सम्भावना छ । अठहत्तर वर्षीय आलमगीरले १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको राष्ट्रपतिका लागि दिउँसो हुने मतदानमा सहज विजय हासिल गर्ने अपेक्षा गरिएको छ