एनएमबि बैङ्कद्वारा अनलाइन कर्जा आवेदन र रियल टाइम ट्र्याकिङ प्रणाली सुरु

  • बिहीबार ४ भौ २०८३ ०९:०९ AM
काठमाडौँ। एनएमबि बैङ्कले डिजिटल रूपान्तरणको यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा रियल–टाइम ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले बैङ्क धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। नयाँ डिजिटल पोर्टल (digi.nmb.com.np) मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा उपकरणबाट सहजै कर्जाका लागि आवेदन दिन सक्नेछन्। साथै, आफ्नो