वैदेशिक सहयोग धर्मान्तरमा प्रयोग भयो : खुश्बु ओली

  • बिहीबार ४ भौ २०८३ ०७:४४ AM
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरमा तथा नास्तिकता प्रवर्धनका गतिविधिमा प्रयोग भएको आरोप लगाएकी छन्। बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो आरोप लगाएकी हुन्। विभिन्न धर्मसँग सम्बन्धित संघ संस्थामार्फत नेपालमा आउने वैदेशिक सहायता धर्मान्तर र नास्तिकता फैलाउने गतिविधिमा प्रयोग भएको उनले दाबी गरिन् । नेपालका विभिन्न स्थानमा धार्मिक संस्थाहरूले सार्वजनिक रूपमा धर्मान्तरणका गतिविधिका लागि परिचालन गर्ने गरेको र विदेशी नागरिकहरूसमेत गाउँ गाउँमा परिचालित भएको उनले बताइन्। यस्ता गतिविधिले देशमा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने भन्दै उनले वैदेशिक सहायता नियन्त्रण गर्नुपर्नेमा जोड दिइन्। सांसद ... The post वैदेशिक सहयोग धर्मान्तरमा प्रयोग भयो : खुश्बु ओली appeared first on Kalika Khabar.