काठमाडौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बीच नेपालको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका हुन्। सहकार्यअन्तर्गत सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा हरित मूल्य शृङ्खलामा संलग्न अन्य सरोकारवालालाई वित्तीय पहुँच विस्तारसँगै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइनेछ। साझेदारीले कुमारी बैंकको वित्तीय विशेषज्ञता, बैंकिङ सेवा र व्यापक पहुँचलाई हेल्भेटास नेपालको उद्यम विकास, समावेशी आर्थिक विकास तथा मूल्य शृङ्खला सुदृढीकरणसम्बन्धी ... The post हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य appeared first on Kalika Khabar.