काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंमा गरेको संयुक्त तथा आकस्मिक बजार अनुगमनका क्रममा खाद्य स्वच्छता र व्यवसाय सञ्चालनसम्बन्धी विभिन्न कैफियत फेला पारेको छ। अनुगमनका क्रममा एक होस्टेललाई बन्द गरिएको छ भने चार वटा खाजा घरबाट कृत्रिम खाद्य रंग प्रयोग गरिएका तथा अन्य कैफियतयुक्त खाद्य पदार्थ नष्ट गरिएको विभागले जनाएको छ। विभागका अनुसार २०८३ भदौ २ गते जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त टोलीले काठमाडौं महानगरपालिका–३२, बालकुमारीस्थित न्यु फ्यामिली गर्ल्स होस्टेलको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा होस्टेलको सरसफाइ अवस्था सन्तोषजनक नरहेको, भान्सा अव्यवस्थित रहेको ... The post काठमाडौंमा खाद्य व्यवसायको संयुक्त अनुगमन, एक होस्टेल बन्ददेखि ३०.५ किलो खाद्य पदार्थ नष्टसम्म appeared first on Kalika Khabar.